काठमाडौं । एनएमबि बैंकमा नेतृत्व परिवर्तन भएको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रहेका गोबिन्द घिमिरेले आजदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका छन्। बैंक सञ्चालक समितिले फागुनमा निर्णय गर्दै घिमिरेलाई १० वैशाख २०८२ देखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो। पूर्व सीईओ सुनिल केसीको दोस्रो कार्यकाल फागुन मसान्तमा समाप्त भएको थियो।…