काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको बीआरआई परियोजनाबारे छिटो काम थाल्ने बताएका छन् । उनले बीआरआई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन् । नेपालको विकासको लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए । सो क्रममा प्रधानमन्त्री दाहालले चीनसँग कतिपय नीतिमा स्पष्ट हुनुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।…