Logo

लक्ष्मी महतो कोइरीकाे सांसद पद निलम्बन

काठमाडाैं । नेकपा एमालेका लक्ष्मी महतो कोइरीकाे सा‌ंसद पद निलम्बनमा परेकाे छ । मंगलबार  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीकाे सा‌ंसद पद निलम्बन गरेका हुन् । सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीकाे सा‌ंसद पद निलम्बनमा परेको जानकारी दिएको हो । काेइरीविरुद्ध फाैजदारी अभियाेगमा अदालतबाट पक्राउ पुर्जी जारी भएकाे छ…