हेटौडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १–० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको छ । बागमतीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच घिसिङ…