काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सि पुलनजिकै खसेको पहिरोले सडक पुर्णरूपमा अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयका अनुसार सुख्खा पहिरोका कारण दुइतर्फी सडक नै अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय भरतपुरको टोली पहिरो खसेको स्थलमै पुगेको छ । तर पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने कार्यमा समस्या भईरहेको कार्यालयले जनाएको छ…