काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन् । इजिप्टको राजधानी कायरोमा सम्पन्न तीनदिने सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री बस्नेत आइतबार फर्किएका हुन् । सम्मेलनमा जनसंख्या बसाइँसराइ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्यमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरूका विषयमा वृहत छलफल भएको मन्त्री बस्नेतले बताए…