काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम लगभग सकिएको छ । यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमालेले जनाएको छ । एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले एकाधबाहेक सबै जिल्लाको प्रतिनिधि छनोटको काम सकिएको बताए । एमाले प्रदेश कमिटीका अनुसार…