काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र समक्ष पेश गरेको छ । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको बताए…