काठमाडौं । बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । काठमाडौं महानगरपालिकाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा सो प्रणाली विकास गरेको हो । रिचार्ज…