काठमाडाैं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल सरकारको उच्च पदमा रहेर विदेशीको नागरिकता लिनेहरूको बारेका जानकारी हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नेपाली सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिन पनि रहर लाग्ने महानुभावहरू कोको रहेछन्, त्यो चिन्न पाउनुपर्ने बताएका हुन् । पन्तले सम्बन्धित प्रशासनले छिटो कारबाही गरेर त्यसको जानकारी संसद्लाई दिनुपर्ने…