काठमाडौं । वंसजको नेपाली नागरिकता रद्द गर्ने ऐन विरुद्ध सर्बोच्च अदालतमा मुद्दा दायर गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । शनिबार राजधानीको संवाद डबलीमा एनआरएनए–यूकेको एक पक्षले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नेपाल र नेपालीको अस्तित्व मेटाउने योजनासहितको ऐन खारेजीका लागि पुष १८ गते मुद्दा दिएको जानकारी पनि दिए । एनआरएनए–युकेका एक समूहका अध्यक्ष…