टोरन्टो । जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को तयारी योजना अनुसार पूरा भएको आयोजकहरूले बताएका छन् । क्यानडामा दर्ता भई कार्यरत गैरसरकारी सामाजिक संस्था ‘सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिस (क्यानडा)’ले दक्षिण एसिया र उत्तर अमेरिकास्थित विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा जेठ ११–१३ (मे २५ देखि मे २७ सम्म) टोरन्टो, क्यानडामा यस सम्मेलनको आयोजना…