काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९÷८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०÷८१) पेश गर्नेछन् । ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो…