काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि क्षेत्रको दिगो विकास, बजेटको प्रभावकारी कार्यान्वयन तथा संरचनागत सुधारका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। बुधबार बसेको समितिको बैठकमा सभापति अशोक कुमार चौधरीले नेपाल सरकारले कृषिलाई प्राथमिकतामा राखेको विषय सकारात्मक भए पनि त्यसलाई व्यवहारमा उतार्न अझै धेरै काम…