काठमाडौं । राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । सवा १ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ५३ बमोजिम सरकारको वार्षिक प्रतिवेदन, २०८०/८१ सभासमक्ष पेस गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको विभागीय मन्त्रीले जावफ दिने कार्यसूची छ ।…