काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति साङ्केतिक विरोध गरेका छन् । मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् । लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै क्याप्सनमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !’…