विराटनगर । लगातारको वर्षासँगै कोशी प्रदेशभर बाढी, पहिरो र डुवानको त्रास फैलिएको छ । भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका पूर्ण रूपमा खोलिएको छ । ब्यारेज कन्ट्रोल रुमका अनुसार खतराको सूचकका रूपमा तीनवटा रातो बत्ती बालिएको छ । सुनसरी, मोरङ र झापा सहितका तराई भेगहरूमा नदीहरूको…