जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालहरुको अनुगमन पछि अब विद्यालयहरुको अनुगमन सुरु गरेका छन् । अभिभावकहरुको गुनासो आउन थालेपछि शैक्षिकस्तर सुधार गर्न मुख्यमन्त्री सिंह विद्यालयहरुको अनुगमनमा निस्किएका छन् । सो क्रममा उनले मंगलबार धनुषाको हंसपुर नरगपालिकास्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले विद्यालयका भौतिक संरचना, शिक्षकको उपस्थित, विद्यार्थीहरुको पढाई, विद्यालयका…