सर्लाही । अविरल वर्षासँगै आएको लखन्देही नदीको बाढीले सर्लाही जिल्लामा ठूलो क्षति पु¥याएको छ । बाढीले कौडेना गाउँपालिका–२ र ३ मा रहेको पक्की हुलाकी सडक करिब १५ मिटरसम्म बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ । यसैगरी, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ…