सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरूले उल्टाउन लागिरहेको बताएका छन् । गणतन्त्र जोगाउन नागरिकको सचेतनापूर्वक खवरदारी जरुरी भएको उनको भनाई छ । नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले ुधबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ…