लन्डन । विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार विजेता घोषणा गरेको छ । यस वर्षको पुरष्कार डा. आइडेन लेर्चलाई ‘न्यायालयहरुले न्याय सम्पादन गर्दा मुद्दाको अन्तिम किनारा नलाग्दै कुनै पक्षलाई तत्काल हुन सक्ने अन्यायबाट रोक्न कस्तो प्रकारका आदेश दिन सक्दछन्’ भन्ने विषयमा केन्द्रित उनको शोधग्रन्थका लागि प्रदान…