काठमाडौं । छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ । महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका हुन् । उनका अनुसार विगतका वर्षझैं यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने…