कीर्तिपुर काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरी हो । संस्कृति, संग्रहालय, जात्रा, पर्व, गुठी र बाजागाजा सिकाउने ठाउँको रूपमा कीर्तिपुर परिचित छ । गोपाल वंशको पालाका अवशेष प्राचीन तथा सांस्कृतिक महत्व बोकेको कीर्तिपुर सहरमा सोही समयदेखि नै बस्ती विकास भइसकेको अनुमान गरिएको छ । किराँत, लिच्छवी, मल्लकालीन इतिहाससमेत कीर्तिपुरमा भेटिन्छन् । आधुनिक नेपाल एकीकरणका सन्दर्भमा…