हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभइ मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताएका छन् । उनले लोकतन्त्र, संघीयता…