रामेछाप । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामेछाप जिल्लाबाट यस वर्ष कुल २ हजार ४६१ जना विद्यार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार नियमिततर्फका परीक्षार्थीसँगै १५५ जना प्राविधिक धारका विद्यार्थी तथा २०१ जना ग्रेड वृद्धि परीक्षार्थी समेत परीक्षामा सहभागी भएका हुन् । इकाई प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार…