सर्लाही । सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड बेभरेज इन्डस्ट्रीजले उत्पादन गरेको एक्वा ब्रान्डको बोतलमा लेदो तथा आँखाले देख्न सकिने धुलो–कण (सोलिड एण्ड डस्ट) फेला परेपछि जरिवाना गरिएको हो । संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा…