काठमाडौं । आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ सगरमाथा दिवस मनाइँदैछ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानवले सफलतापूर्वक आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ। सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका थिए। त्यसयता सगरमाथा…