काठमाडौं । जनै पूर्णिमाका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष श्रद्धा र आस्थाका साथ यज्ञोपवीत फेर्ने तथा रक्षासूत्र धारण गर्ने परम्परा छ । विशेषगरी उपनयन संस्कार सम्पन्न गरेका ब्राह्मण, क्षत्रिय तथा वैश्य समुदायका पुरुषहरूले वैदिक विधिअनुसार मन्त्र गरिएको नयाँ जनै धारण गर्ने चलन छ । यज्ञोपवीतलाई जनै, उपवीत, यज्ञसूत्र तथा ब्रह्मसूत्रलगायत विभिन्न नामले चिनिन्छ । मन्त्र गरिएको…