काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान सकिएपश्चात् मतगणना थालिएको छ । बिहीबार बिहान करिब पौने १० बजेदेखि मतगणना सुरु गरिएको एमालेको निर्वाचन आयोगले जनाएकाे छ । महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् । विद्युतीय प्रणाली प्रयोग…