काठमाडौं । परम्परागत शैलीले देशमा क्रान्ति पनि नहुने र देशलाई निकास दिन नसक्ने कम्युनिस्ट नेताहरुले बताएका छन् ।नेकपाले शनिबार राजधानीको संवाद डबलीमा ‘क्रान्तिकारी कम्युनिस्ट एकता आजको राष्ट्रिय आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरुले जेनजी विद्रोहले पाठ सिकाएकोसमेत बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले परम्परागत शैलीलाई परिवर्तन गर्नुपनर्पे अवस्था आएको बताए…