सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए । रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको…