Logo

देउराली–जनता फर्मास्यूटिकल्सले चितवनमा ४७५ करोडको नयाँ औषधि उद्योग स्थापना गर्ने

काठमाडौं । स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि. ले चितवनको भरतपुरमा अत्याधुनिक नयाँ औषधि कारखाना निर्माण गर्ने निर्णय गरेको छ । कम्पनीले उक्त परियोजनामा ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । कम्पनीको ३५ औं वार्षिकउत्सवको अवसरमा मंगलबार जारी गरिएको प्रेस वक्तव्य मार्फत कम्पनीले यस्तो जानकारी दिएको हो…