सर्लाही । जिल्लाका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर क्रमशः चोरी हुँदै आएपछि प्रहरीको विशेष अभियानमार्फत संलग्न समूहका ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार मलंगवामा पत्रकार सम्मेलन गरी ४ भारतीय नागरिकसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार बागमती, रानिगञ्ज, चन्द्रनगरलगायतका क्षेत्रमा हालसम्म १७ वटा ट्रान्सफर्मर…