सिमराः एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल)ले आफ्नो ३४ औं वार्षिक साधारणसभा मधेश प्रदेशको बारा जिल्लास्थित जीतपुरसिमरामा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारण सभामा एम्नेस्टी नेपालका विभिन्न समूह, युवा सञ्जाल तथा देशभरीका व्यक्तिगत सदस्यहरूलाई समेत प्रतिनिधित्व गरेका ८७ मतधिकारसहितका प्रतिनिधिहरूसमेत गरी करिब १५० जनाको उपस्थिति रहेको थियो। प्रतिनिधिहरूसँगै, साधारण सभामा एम्नेस्टी नेपालका बोर्ड र समितिका सदस्यहरू, पूर्व…