काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६औँ वर्षमा प्रवेश गरिरहेका बेला दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो ।
इजरायल सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत अन्य मन्त्रालयहरूसँग समेत सहकार्य गरी दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा मजबुत बनाउन आवश्यक कानुनी दस्तावेज निर्माण तथा सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरेको जनाइएको छ ।
भेटका क्रममा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको संघ, प्रदेश र स्थानीय तहका कानूनहरूलाई एउटै प्लेटफर्ममार्फत पहुँचयोग्य बनाउने गरी डिजिटाइजेसन कार्य अघि बढाइरहेको जानकारी दिइन् ।
उनले एकीकृत कानुनी सहायता, पारस्परिक कानुनी सहयोग, संक्रमणकालीन न्याय तथा संसदीय मामिलासम्बन्धी क्षेत्रमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तयार रहेको उल्लेख गरिन् ।
दुई पक्षबीच कानुनी तथा संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।








प्रतिक्रिया