काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । जारी एनपीएलमा विराटनगर अपराजित टोली हो । उसले तीनवटै खेलमा जित हासिल गरेको छ । त्यस्तै चितवन भने यसअघि खेलका दुईमध्ये एकमा मात्रै विजयी भएको छ ।…