काठमाडौं । इजरायली युद्धक विमानहरूले बुधबार दक्षिणी सिरियाभरि आफ्नो हवाई आक्रमण अभियान तीव्र पारेका छन् । सोहि क्रममा इजरायली सेनाले सिरियाली सेनाको जनरल कमान्ड मुख्यालय र मध्य दमास्कसमा रहेको राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको हो । सिरियाली स्वास्थ्य अधिकारीहरूका अनुसार दमास्कसमा भएको आक्रमणमापरी कम्तिमा तीन जना नागरिकको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते…