काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।…