काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाज सेतीको खोँचमा खसेको र उद्धारको काम जारी रहेको उनले…