Logo

Breaking News 1

मुगुमा एक घर , एक स्टिकर



मुगु । कर्णालीसहित मुगुमा आइतबार बाट सबै घरघरमा प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस अभियान शुभारम्भ भएको छ । सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्ने उद्देश्यलृ यो अभियान सुरू गरिएको हो ।

स्वयं आफैँ नागरिक असुरक्षित भएमा अथवा शंकास्पद बस्तु फेला पारेमा वा अन्य केही समस्या  परेमा स्टिकरमा उल्लेख भएका सम्पर्क नम्बरहरुमा  फाेन  गर्ने सकिने जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।  स्टिकर अभियानमा छायाँनाथ रारा नगरपालिकाका करिब ५ हजार भन्दा बढि घरधुरीको ढोकामा स्टिकर टाँस गरिने योजना रहेको प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताए । उनका अनुसार छाँयानाथ रारा नगरपालिकाको सहयोग र यस जिप्रकाको सहकार्यमा यो कार्यक्रमको थालनी गरिएको बताए ।

स्टिकर टाँस अभियानको शुभारभ जिल्ला समन्य समितिका प्रमुख मञ्जन बहादुर कार्की , छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भाम, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा र डिएसपि महेश बस्नेतले सयुक्त रुपमा गरेका हुन् । उनीहरु सगैँ जिल्लाका सराकारवाला निकायले पनि  शुभारम्भ गरेका थिए ।

स्टिकर टाँस अभियान सदरमुकाम गमगढी बजारका घरहरूबाट सुरु गरिएको हो । मुगु जिल्लामा रहेका ४ वटा स्थानीय तहरुका घरघरमा स्टिकर टाँस गरिने बताइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १२ : ४३ बजे