काठमाडौं । काठमाडौंमा सोमबारदेखि शुरु हुने नेपाल–अमेरिका ल्यान्ड फोर्स टक (एलएफटी)को बैठकमा सहभागी हुने अमेरिकी सेनाको टोली नेपाल आइपुगेको छ । सोमबारदेखि तीन दिनसम्म हुने बैठकमा दुई मुलुकका स्थल सेनाबीचको सहकार्यका सम्बन्धमा हुन लागेको संवाद हो । २०७५ सालदेखि हरेक वर्ष हुँदै आएको संवादमा भाग लिन २२ सदस्यीय अमेरिकी टोली शनिबार बेलुकी काठमाडौं आएको हो…