नयाँदिल्ली । भारतको उत्तर पूर्वी राज्य मणिपुरमा ८० दिनभन्दा बढी समयदेखि हिंसा जारी छ, जसका कारण भारतको संसद बैठकमा हंगामा भएको छ । मणिपुरमा हिंसा भइरहेका बेला विपक्षीले बुधबार (जुलाई २६) सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । हिजो अर्थात मंगलबार मणिपुरको मुद्दामा सदनमा हंगामा भएको थियो। कांग्रेस सभापति तथा राज्यसभामा विपक्षी दलका नेता…