काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा उनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए श्रद्धाञ्जली अर्पण गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा र पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए। नेम्वाङको…