काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रमा प्रशस्त कमीकमजोरी देखिन थालेकाले सत्य, तथ्य र सन्तुलित समाचार दिनुपर्नेमा जोड दिएका छन् । खड्काले कमिकमजोरी सच्याएर पत्रकारितालाई सही गोरेटोमा हिंडाउन सक्नुपर्ने बताए । शनिबार काठमाडौंमा पत्रकार तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ को विमोचनमा बोल्दै रक्षामान्त्री खड्काले नेपाली सञ्चार…