काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वका क्रममा नेपाली नागरिकको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले नेपालीको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै आवश्यक सबै कदम तत्काल थाल्न सरकारसँग माग गरेका छन् । ‘त्यहाँका नेपालीको जीवन रक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । त्यसैले त्यस क्षेत्रमा…