काठमाडौं । नेपाली गायिका आनी छोइङ डोल्मासँग गीत गाउनका लागि बलिउडका चर्चित गायक तथा संगीतकार अजय र अतुल काठमाडौं आएका छन् । अजय–अतुल र आनीको सांगीतिक सहकार्य रहेको गीत बालाजुको एक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको छ । बलिउड फिल्म निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टको मुम्बईस्थित अडिटोरियमको शुभारम्भ समारोहका लागि प्रस्तुत गरिने गीतमा आनीले स्वर दिएकी छिन्…