विराटनगर, मोरंग । मोरंगकी रजनी थापा मिस कोशी २०२५ घोषित भएकी छन्। जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न नवौं संस्करणको मिस कोशी प्रतियोगितामा उनले १६ जना फाइनलिस्टलाई पछि पार्दै उपाधि हासिल गरेकी हुन्। प्रतियोगितामा बर्जु, सुनसरीकी दिपान्जली राई फर्स्ट रनरअप, ईनरुवाकी गरिमा शाशंकर (गुरॉंश) सेकन्ड रनरअप, काठमाडौंकी भूमिका नेपाल थर्ड रनरअप र धरानकी दिया…