विराटनगर । ठूलो उत्साह र व्यापक प्रचारसहित सुरु गरिएको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अपेक्षा अनुसार सफल हुन नसकेको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । वर्षभरि पर्यटन प्रवद्र्धनका नाममा विभिन्न कार्यक्रम, मेला, महोत्सव र प्रचार अभियान सञ्चालन गरिए पनि त्यसको ठोस उपलब्धि भने देखिन नसकेको उनीहरूको भनाइ छ । कोशी प्रदेश…