सिरहा । होली पर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान सिरहाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ । ट्राफिक प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक पोषणराज थपलियाको कमाण्डमा सिरहाको मुख्य स्थानहरूमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । सिरहा, लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैया, नवराजपुर, बरियारपट्टी, बन्दीपुर, भगवानपुर, विष्णुपुर…