Logo

गण्डकीका मुख्यमन्त्रीको निवासमा पुनः आगजनी, ४८ भवनमा क्षति

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा फेरि आगजनी भएको छ। गए राति करिब साढे २ बजे अज्ञात व्यक्तिहरूले निवासको बाँकी कोठामा आगो लगाएको प्रदेश सरकारका अधिकारीहरूले जनाएका छन्। भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा परेको सो निवास प्राविधिक समितिको प्रतिवेदनपछि मर्मत गर्न तयारी भइरहेका बेला पुनः आगजनी भएको हो।…