पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै नगद ५१ हजार एक सय ५१ र सम्मान पत्र प्राप्त गरे । उनले प्रतियोगितामा दुई सय २६ अङ्क प्राप्त गरे ।…